Categories: बाल कथा

मोबाइलको पिँजडा


नन्दलाल आचार्य
उदयपुर

“छोरी, आज स्कुलमा के गर्यौ?”
आमा खाना बनाउँदै थिइन्। आर्या मोबाइलमै व्यस्त थिई।
“केही खास छैन,” उसले आँखा मोबाइलबाट नउठाई जवाफ दिई।
बिहान, बेलुकी, हरेक समय मोबाइल चलाइरहेकी छोरीलाई देखेर आमा चिन्तित भइन्।
एक दिन आमाले उसको मोबाइल लिएर सोधिन्, “तिमीलाई थाहा छ? चरा गुँड बनाउन व्यस्त छन्, फूलहरू फुल्न थालेका छन्। तिमीचाहिँ के गर्दैछ्यौ?”
आर्याले झर्कँदै भनी, “आमा, यो नयाँ जमानाको चलन हो। तपाईँ बुझ्नुहुन्न।”
त्यस साँझ आमाले मोबाइलमै एउटा भिडियो देखाइन्। भिडियोमा एउटी आमा मोबाइलमा झुन्डिएकी थिइन्। छेउमै उनको बच्चा रोइरहेको थियो।
आर्याले चुपचाप मोबाइल बन्द गरिन्। केही बोलिनन् । त्यस दिनदेखि बिहानै उठेर बगैँचाको फूलहरू हेर्ने, आकाशको चराहरू गन्ने उसको नयाँ बानी बन्यो।
मोबाइलको पिँजडाबाट निस्केकी आर्या अब जीवनका रंगहरू महसुस गर्न थालिसकेकी थिई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

9 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

24 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago