सुरेशकुमार पाण्डे
दाङ घोराही १८

भाइ आज यतै बस भोलि जाउला “- करूनाले आफ्नो भाइलाई भनिन्।” साँझ पर्नै आंटेको थियो तर फुर्शे होकी कसैको घरमा बस्नै नसक्ने। मुस्किलले आठ वर्षको बालख घर फर्कियो ।” होइन दिदी बस्नुहोस् म पुगिहाल्छु।”-उसले बिदा लिएर हिंड्यो । जुनेली रात थिए मनैमन सोच्यो जुनेली रात छन् जुनको उज्यालोमा आरामसँग पुगिन्छ। लगभग दुई घन्टा पैदल हिंड्ने बाटो घर पुग्दा पुग्दै आठ बजिहाल्छ। ऊ छिट्टछिट्टै हिंड्यो चिसो मौसमले अचेल छ बजे झमक्कै हुन्छ। फुर्शे आफूले पढ्ने पाठशाला नजिकै पुग्दा। त्यहाँ रातिमा डराउन दिन्छ भन्ने कथा बुढा बुढीहरूबाट सुनेको कुरा सम्झियो। त्यसपछि त केहुनुथियो। ” छ्याङ-छ्या “कतै घोंडा हिडेको जस्तै महसुस् भयो। जुनको उज्यालोमा घोडाहरू हिंडेको झैं देखिनथाले। ऊ डरायो र आफ्नो स्पिड अलि बढायो। जसै स्कुल काटेर डाँडामा पुग्यो सामुन्ने बाटामूनि ठूलो कालोनकालो अजिव चिज बिराजमान देख्यो। ऊ डरले थरथर काम्यो। अब चिच्याउन खोज्दा पनि उसको बोली फुटेन।अब पछाडिबाट घोडा आएको र अगाडि त्यो कालो भालु जस्तो आकृती धुम्म बसेको छ। ” अब जिउँने उमिद सकियो। यसै मर्ने उसै मर्ने लडेरै मर्छु ” -मनैमन भन्यो र नजिकैको ढुङ्गा उठायो । त्यो भालुलाई ढुङ्गाले प्रहार गर्यो। जसै प्रहार गर्यो ऊ आफैमा लजायो। त्यो केही दिन पहिले आफैँले आगो लगाएको सल्लाको ठुटा थियो। “उफ् !”-यस्तो पनि हुने ! “-उसले बिस्तारै आफैसँग भन्यो र निर्धक्क अगाडि बढ्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago