पुण्यप्रसाद घिमिरे
दाेलखा
पुरेतलाई दक्षिणा,
खेतालालाई सामल,
भँगेरीलाई कनिका,
परेवीलाई चामल।
भुर्र उड्दै डालीमा,
जुरेलीलाई काफल,
साथीसँग नानी छन्,
मिलेकाे छ दामल।
नाकलाई बुलाकी,
आँखैमाथि गाजल,
दुलाहालाई माउर,
दुलहीलाई आँचल।
ईश्वरलाई कीर्तन,
देव देवी भाकल,
जथाभावी बाेल्दै हिंडे,
सबले भन्ने पागल।
लेक वन चर्दै हिंड्ने,
घाेरल र झारल,
राम्रा काठ निदाल सरा,
बाख्रीखाेर बाकल।
अम्बा टिप्ने हाँगै हाँगा,
तरूल खन्ने खाडल ,
भाइ काम्याे थुरूरू,
लाइदेऊ टाेपी माकल।
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…