Categories: बाल कथा

“डसाई”

रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती

हामी किन तनाबमा बाच्ने ? अखिर दुई दिनको जीवन, यात्रा गर्दा भेटिने यात्रु होइन र “जोई पोई” भनेको ? स्थाई भन्ने के छ यो जगतमा ?
नाग र नागिनीको कुरा सुनेर नजिकै बसेका एक मुनीले भने, बुढापाकाले भन्ने गरेको उखान “सङ्गै सुत्दा लात्ति लाग्छ” सत्य होइन त ! लात्ती लाग्यो भनेर दिनहुँ झगडा मात्र गरेर बस्ने कि…!!
नाग र नागिनीले भने, मुनिवर हामी त यो तनावमा बाँच्नु भन्दा छुट्टिनु बेस भन्ने निस्कर्षमा पुग्यौँ, हजुरको राय के होला ?


के समाधानको उपाय छुट्टिनु हो त ? हो भने करिब एक महिनाको लागि टाडाको यात्रा जानु । घर भित्रका अफ्ठेराहरुलाई त्यति बेला भुल्नु र प्रकृति सङ्ग रमाउनु । अनि एक्लो घर बसेर हुने अनुभव र दुई हुँदाको झगडा सम्झनु । सकारात्मक सोचाइ गर्नेहरुले त्यो झगडामा नि मायाँ नै भेटाउँछन् । कोशिस गरि हेरौँ, त्यतिकै आवेसमा आएर छिट्टो पारपाचुके सम्मको निर्णय नलियौं…।
तक्षक, बासुकी, कर्कट, कुलिर, अनन्त, पद्म, महापद्म, शंखचुड यी आठ र आस्तिक मुनि सहित नागमाता मनसादेवीले हामी सबैको रक्षा गरून्, भन्दै एक हुल मानव आएर धुमधामले सबैको पुजा गर्न लागे ।
यो सब देखेर नाग नागिनी खुशी हुँदै गाउन लागे, तेरो मेरो भन्ने त जीवन रुपि यत्राका कुरा । हिजो थियो, आज छैन यी सपनाका कुरा । सम्हाल्नै नसक्ने मन, लोभी र आशे हुँदा । न हिजो, न आज, दुई दिनको, नाटकका कुरा ॥
मिठो बात गरौँ, चित्त एकत्रित पारौँ । हामी सङ्गै बसी, चिया सुरुप्प पारौँ । वर्तमानमा रमाउँदै, हाँसौँ दिल खोलेर ।भविष्यको के था, स्विकृतिमै च्याप्प पारौँ ॥
हाम्रो पूजा यस्तरी गरे पछि हामीले पनि यिनीहरुको रक्षा गर्नु पर्छ । नाग पन्चमीको दिन हाम्रो पूजा गरे पछि कुनै पनि नागदोष नलागोस्..।
यसरी आशिष पाए पछि सबै मानवहरुले एकै स्वरमा भन्न थाले नाग देवताले हामी सबैको कल्याण गरुन्। अर्को नाग पन्चमी सम्म सबैको जोडी मिलेर बसेको देख्न पाम।
हिन्दूहरुको नाग पन्चमी पछि चाडपर्वहरु भित्रिन्छन् भन्ने मान्यता छ, त्यसैले घरको भित्तामा बस्ने र मनको भित्तामा डस्ने दुबैलाई हृदय देखि नै नाग पन्चमीको शुभकामना..।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

19 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

19 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

20 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago