Categories: कविता

“बाल्यावस्था”


शोभा कोइराला

छन्द:- शालिनी

हाँस्ने खेल्ने दैनिकी मात्र धेर
बाल्यावस्था सम्झिँदै एकफेर ।
त्यो बेलामा काम गर्थ्यौँ तमाम
आज्ञाकारी बन्नुपर्थ्यो समान ।

दौडी दौडी घाँस चोर्थ्यौँ गरामा
लुक्दै काट्थ्यौँ धानबाली हुँदामा
खान्थ्यौँ मीठो लाग्दथ्यो भात खाजा
बाल्यावस्था आज लाग्दैछ ताजा ।

भाँतीभाँती खेल खेल्थ्यौँ मिलेर
बर्खा पौडी खेल्न कुद्थ्यौँ जितेर
ताजा ताजा लाग्दछन् ती अवस्था
फर्की हेर्दा बाल्यबेला समस्त ।

चोरी चोरी फिल्म उत्पात हेर्दा
निन्द्रादेवी भाग्दथिन् श्वास फेर्दा
कस्तो मीठो सम्झिँदा लाग्छ खास
फर्की हेर्दा बाल्यलीला समस्त ।

साथीसङ्गी झुन्ड धेरै बनाई
डुल्ने गर्थ्यौँ मस्तिमा झन् रमाई
नानाभाँती ख्यालठट्टा गरेर
बित्थ्यो प्यारो बाल्यलीला उदेक ।

मौका मिल्दा चट्पटे खान जान्थ्यौँ
मिल्दा साथी हर्षले काँध हाल्थ्यौँ
मीठो मीठो स्वप्न झैँ लाग्छ आज
फर्की हेर्दा बाल्यलीला समस्त ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

18 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

18 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

19 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago