दुर्गा पाैड्याल
ढुकुर कुर ढुकुर कुर ढुकुर करायाे
ढुकुरका जाेडी देख्दा मनै रमायाे।
जब आउँछ वसन्त ढुकुर रमाउँछन्
रुख रुख हाँगा हाँगा बसी कराउँछन्।
आँगनकाे नीमकाे रुखमा ढुकुरकाे गुँड
ढुकुरकाे गुँड हेर्दा पढ्ने भएन मुँड।
पाेथि ढुकुर आएर गुँडभित्र पसी
अण्डा पार्न हाेला कि निकै बेर बसी।
भाले ढुकुर हाँगामाथि पर्खि बसेकाे
देख्याे उस्ले पाेथिकाे आँसु खसेकाे।
पाेथी ढुकुर निस्केर भाले नेर आई
दुई ढुकुर देखेर खुशी भयाे भाइ।
आँगनमा आमाले गुन्द्री बिछाईन
गुन्द्री माथि उनले मकै सुकाईन्।
रुखबाट मकै देखि ओर्ले ढुकुर तल
छिटाे छिटाे मकै खान गरे उन्ले बल।
ढुकुर पनि थरि थरि हुँदा रैछन् जान
त्यति राम्रा चरालाई हुदैन है खान।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…