महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर
“आउ, म नजिक आऊँ।” मैले मेरी चार बर्षिया नातिनीलाई बोलाएँ।
“नाई” उ हातमा गुडिया लिएर बोलिन्।
“म तिमीलाई काखमा राख्छु।” मैले माया देखाएँ।
“नाईँ !” उसले फेरि इन्कार गरिन्।
“म तिमीलाई फूल दिन्छु” मैले सौन्दर्य र बास्नाले लोभ्याउन खोजेँ।
” नाईँ !” उनले स्वीकार गरिनन्।
“म तिमीलाई कथा सुनाउँछु ।”
“नाईँ !” मेरो ज्ञानले उनलाई आकर्षण गरेन।
“म तिमीलाई मोवाइल दिन्छु।”
उनी खुरुरू दौडेर आएर मेरो काखमा बसिन्।
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…