महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर
“आउ, म नजिक आऊँ।” मैले मेरी चार बर्षिया नातिनीलाई बोलाएँ।
“नाई” उ हातमा गुडिया लिएर बोलिन्।
“म तिमीलाई काखमा राख्छु।” मैले माया देखाएँ।
“नाईँ !” उसले फेरि इन्कार गरिन्।
“म तिमीलाई फूल दिन्छु” मैले सौन्दर्य र बास्नाले लोभ्याउन खोजेँ।
” नाईँ !” उनले स्वीकार गरिनन्।
“म तिमीलाई कथा सुनाउँछु ।”
“नाईँ !” मेरो ज्ञानले उनलाई आकर्षण गरेन।
“म तिमीलाई मोवाइल दिन्छु।”
उनी खुरुरू दौडेर आएर मेरो काखमा बसिन्।
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…