Categories: बाल कथा

ताजुप


तुलसी पण्डित

गरीवका छोराछोरीले कहाँ पढ्न सक्छन् र बुद्धि पनि हुनु पर्यो नि पढ्न।
साहुको यो तुच्छ वचनले धीरज विह्वल हुन्थ्यो । तै उसले स्कुल जान छोडेको थिएन । साहुको घरको सबै काम भ्याएर ऊ स्कुल पढ्न जाने गर्थ्यो।
आमा सानैमा मरेकीले धीरज टुहुरो भएको थियो । तै बाबाले उसलाई जेनतेन गरेर सात सम्म पढाए । त्यहाँ भन्दा माथि पढाउन उसलाई समस्या भयो । साहुलाई भनेर उसले काम गर्ने सर्तमा पढाउन राजी भएको थियो । साहुको छोरो सन्सरे र ऊ एउटै कक्षामा पढ्थे।
एकदिन साहुले भने। “अब घरमा काम धेरै भयो । तँ पढ्न न जा ?” धीरजले भन्यो। “म घरको सबै काम भ्याएर स्कुल जान्छु साहु बा।”
“अँह हुँदैन । यदि स्कुल जाने नै हो भने यो घरबाट निस्केर गए हुन्छ ।”
धीरजले आफ्नो किताब कापी बोकेर सरासर हेड सर भए ठाउँमा पुग्यो । उसले रुँदै हेडसरलाई कुरा राख्यो ।”सर मलाई यो स्कूलमा पढ्ने इच्छा थियो तर साहुले घरबाट निकाले । मैले पढ्न न पाउने भए ?”
हेडसरलाई ऊ प्रति माया लाग्यो । उसको पढ्ने चाहनालाई मर्न पनि दिनु भएन ।
“हेर तिम्रो पढाइ राम्रो छ । बरु तिमी मेरो घरमा बसेर पढ। बरु मेरो छोरोलाई फुर्सद भएको बेला पढाउन सहयोग गर।”  उसले खुशी हुँदै भन्यो। “मेरो इच्छालाई मर्न न दिने तपाईँ महान हुनुहुन्छ।”
आज स्कूलमा निकै हल्लिखल्ली छ । विशिष्ट व्यक्तिहरूलाई निम्त्याइएको छ । धीरजले पहिले काम गरेको घरको साहु हर्के पनि आएको छ । सबै उदेक मानि रहेका छन् । धीरजले बाँसबाट बनाएको जहाजको चर्चा निकै चलेको छ। नौ कक्षा पढ्ने विद्यार्थीले जहाज बनायो रे । आज परीक्षण हुदैछ छ रे।
सबैका विचमा धीरजले कम्पुटरको सहयोगबाट जहाज उडायो । जहाज धेरै बेर सम्म आकाशमा घुम्यो । अनि जहाँबाट उडेको हो त्यही आएर बस्यो । सबैले ताजुप माने।
पत्रकारले सोधे। “के तिमी मान्छे बसेर उड्ने जहाज बनाउन सक्छौ ?”
उसले हाँस्दै भन्यो। “सरकारको सहयोग पाइयो भने त्यो बनाउन केही कठिन हुने छैन।”
हर्केले ताजुप मान्यो । उसले सोच्यो।
यस्तो गरीवको छोरोले त जहाज बनायो भने मेरो छोरोले बोइङ् बनाउन सक्छ होला।
“सर मेरो छोराको पढाइ पनि तेज नै होला नि । म उसलाई बोइङ बनाउन प्रेरणा दिन्छु ।”
“खै के भन्यौ र यो लठ्ठुले उड्ने बोइङ त के कागजको बोइङ पनि बनाउन सक्दैन होला ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

14 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

14 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

15 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

15 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago