अन्जु शर्मा
रातोपुल
“लौन प्रिसालाई के भयो ? किन रोएकी?”हजुरआमाले सोध्नुभयो।
“हजुरआमा सुसु गर्दा रगत आयो । काहिँ पनि घाउ भएको छैन ” मैले उत्तर दिएँ।
“हँ, दस बर्षमै नछुने ? कस्तो काल जमाना आयो ! पहिलो पटक नछुने हुँदा माइतीघर र माइतीलाई हेर्न हुँदैन भन्छन् । ल आइज फूपू घर जाऔँ।”
“नाइ जान्न। मेरो स्कुल छुट्छ ।” मैले विद्रोह गरेँ।
सब ब्यर्थ। त्यो दिन म रूँदै फूपू घर गएँ। फूपुले मलाई अक्षुत बनाउनु भयो । किनकि म नछुने भाको रे! म अचम्मित पनि छु। राधा म्यामले हिजो सामाजिक पढाउँदा ” नछुने बार्नु पर्दैन । यो महिलाको आमा बन्ने उर्जा हो । प्राकृतिक नियम हो” भन्नुभएको आज मैले नै बार्नुपर्ने ? म प्रतिकार गर्न थालेँ। फूपुको पूजाकोठा , भान्साकोठा, बारीबगैँचा सबै छोएँ। फूपुले गाली मात्रै हैन, पिट्नु नै भयो । म दस बर्षियालाई अपराधीको संज्ञा दिनुभयो। उहाँले आफ्नो घरको कोठामा बन्धक बनाउनुभयो।
मेरो चिच्याहट कोठा भित्र कैद भयो । रगत बग्ने प्रक्रियामा मेरा आँसुहरूले तलाउ बनाए। तर त्यहाँ कसैको मन पग्लेन्।
“म नछुने बार्दिन …! ढलोस मेरो माइतीघर । मरून बरू माइती सबै । मलाई जबर्जस्ती अक्षुत बनाउनेहरू कार्वाहीमा पर्छौ।” मैले जोडले ढोका खोलेँ।
“डाक्टर साहेब! पहिलो पटक नछुने भएपछि छोरीलाई मानसिक रोगले गाँजेको हो !” बाले अर्थ लगाँदै हुनुहुन्थ्यो।
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…
लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.