सरिता पराजुली
चन्द्रागिरि १५,काठमाडाैं
नयाँ नयाँ ठाउँ घुम्ने
थियाे रहर
बिदा मिलाई गयाैँ हामी
दिल्ली सहर ।
मथुरा र बृन्दावन
सबै घुमेर
लाग्याैँ हामी सररर
आग्रा सहर।
यमुनाकाे किनारमा
शान्त सहर
हेर्नलाई मानिसकाे
लावा लस्कर ।
बेगम र शाहजहाँकाे
प्रेम निसानी
रहेछ नि ताजमहलकाे
आफ्नै कहानी ।
सुन्दर थ्याे महलकाे
कलाकाैशल
शान्त अनि सुरम्य त्याे
पवित्र स्थल ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…