Categories: कविता

“टाेपी”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २
शिरमा लाउने ढाका टाेपी ,नेपालीकाे शान
टाेपीले नै बढाउँछ, हाम्राे पहिचान ।
सगरमाथा जस्तै हाम्राे ,शिरकाे ढाका टाेपी
नेपालीकाे गाैरव याे ,लगाओैँ शिरै छाेपी ।
राष्ट्रियता झल्काउने ,माध्यम हाे टाेपी
दिवसमा मात्रै हाेइन्, सधैँ लाउने हाे कि ?
गजुर याे शरीरकाे , शाेभा बढाउँछ
राप ताप चिसाेबाट, सधैँ बचाउँछ ।
शिर खाली राख्नु हुन्न, भन्छन् बुढापाका
सबैभन्दा राम्राे हुन्छ, भन्छन् टाेपी ढाका ।
रक्षक याे शरीरकाे, हितकारी मान्छु
ढाका टाेपी नेपालीको ,श्रीपेच नै ठान्छु ।
टाेपी फाल्दै जाँदा कतै , बाटाे बिरायाैँ कि
पराइकाे संस्कृतिमा , हामी हरायाैँ कि ?
नेपालीकाे सभ्यता याे, जाेगाएर राखाैँ
शिरमाथि ढाका टाेपी , सजाएर राखाैँ ।
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

20 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

20 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago