“ताली”

 

मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७

ठूलो मञ्चमा आसन ग्रहणकाे कार्यक्रम चल्दै थियोे।
चस्मा मिलाउँदै लिष्टमा आँखा गाडेर अतिथिको नाम बाेलाउनमा व्यस्त थिए उद्‌घाेषक।
उनले हरेक पटक नाम बाेलाउँदा दर्शक दीर्घाबाट तालीकाे आवाज आउँथ्यो।
आसनग्रहण गराउन पर्नेका संख्या लामै भएकाले दर्शकतिर हेर्ने फुर्सद थिएन उद्‌घाेषकलाई।
जब उनले अन्तिम आसन ग्रहणकर्ताकाे नाम लिए, तालीकाे आवाज सुनिएन ! तब छक्क पर्दै उनले दर्शक दीर्घातर्फ आँखा दाैडाए !
सभाहल खाली थियोे। सबै आगन्तुक मञ्चासिन देखिए!