लिला केसी
सक्रान्तिको रातमा सङ्गीनी थे साथमा
मकर काँची तिउरी पिसी लाइयो हातमा
हिलो, मैलो रोग ब्याधी सबै कुरा फालियो
लुते देउता पुज्नलाइ सिठा बालियो।
सर्जाम हाली लपक्क कर्कलाको पातमा
लुँडी बनाइ लगाइयो तिउरी हातमा।
थरी, थरी फलका जोडी जम्मा पारियो
लुते झारपात बटुली विधि सबै टारियो
मेन्दि किन्न भनेर बजार तिर धाइएन
यति राम्रो तिउरी छाडी अरु लाइएन
खुशीयाली साटियो छिमेकी र नातामा
कति राम्रो देखियो तिउरी हातमा।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…