Categories: बाल कथा

लुतो संस्कृति

नन्दलाल आचार्य
एनेलकुटी, सिरहा

झिसमिसेदेखि नै कालेदाइ काममाथि कामले थिचिएका थिए । घरेलुु कामदार हुनुको भूमिका निर्वाह गर्न विवस थिए ।
उनैलाई वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गर्न लगाइएको थियोे । मौसम अनुसारका निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखत्रो, नासपातीजस्ता फलफूलहरू जम्मा गर्न समेत भनिएको थियोे । सासै नफेरी काम गर्दा बिहान खर्लप्पै सिद्धिएको थियोे ।
अझ तुलसीको मोठनजिक बासका कप्टेराकाे मण्डप बनाउन लगाए । छेउछेउमा धानचमरा सहित मकैको बोट खडा पार्न लगाए । वनस्पति र फलफूल सजाउन लगाए । घरआमैले पाँचमुठा राँको र दश ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गरिन् । झमक्क साँझमा कन्दारकको पूजाआजा गरिन् ।
“मैले अगुल्टो फाल्दा तैंले मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गर्नु है ?” आमैले कालेदाइलाई आदेश जारी गर्दै राँको र अगुल्टो दशै दिशामा फाल्न थालिन् । अगुल्टो फाल्दा कराइन्; “लुतोखटिरा यहाँबाट भागी जा, शत्रुघरमा सरी जा ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago