Categories: बाल कथा

“तिहार”

दुर्गा घिमिरे
र.न.पा.१४ माधवपुर चितवन

“एक फेर दिदीलाई फोन गरन बाबु ! यतिका वर्ष भयो तिहारमा भाइटीका लगाउन अझैसम्म दिदी आईन, कस्ती निष्ठुरी भै यो ठूली त ! विहे गरेपछि एक फेर आएकी थिई त्यसपछि त न तीजमा आई ! न तिहारमा फर्की,
फोनमा बाेल्न थाल्यो हतार छ आमा भनेर राखिदिन्छे । यसलाई त आमाबाबुको कतै माया नै छैन । आमाको लामो गनगनपछि म दिदीलाई फोन गर्न थालेँ “दिदी ! आमाबुबा बुढा-बुढी भै सक्नुभयो, हजुरको बाटो कुरेर बसिरहनु भएको छ, मैले पनि हजुरको हातको टीका नलगाएको दश वर्ष भयो, कयौँ तिहारमा मैले टीका नलगाई बसेको छु दिदी !” दिदी मलिनो स्वरमा” के गर्ने त कान्छा तेरा भिनाजु सधैँ मिटिङ भन्नु हुन्छ । मैले कयौँ पटक भाइटीका नलगाएको गुनासो गर्दा आफ्नै पार्टीका कार्यकर्तालाई तेरो भिनाजुले भाइ बनाइदिनु भो अनि मैले टीका लगाउने गरेकी हुँ, भिनाजु गाउँ जान मान्नु नै हुँदैन । गाउँमा खान्की नै मिल्दैन भन्नुहुन्छ ।” म दिदीको कुरा सुन्दै जान्थेँ बुढा बाआमा दिदीले आउने कुरा गर्नु हुन्छकि भनी मेरो फोन नजिक आएर कान ठाडो बनाएर सुनिरहनु भएको थियो ।”सुन कान्छा ।””अंअं” म मुन्टो हल्लाउँदै जान्थेँ । नेताको श्रीमती दुनियाँको नजरमा कति भाग्यमानी नारी ,नारी अधिकारको कुरा र स्वतन्त्रताको बखान खुबै हुन्छ ;वास्तविकतामा बन्द कोठामा थुनिएकाले के गर्न सक्छ र भाइ ! कान्छा पीर नगर बरु कसैलाई दिदीबहिनी बनाएर तिहारमा भाइटीका लगाउने गरेस्,परिस्थितिले जुरायो भने फेरि भाइटीकामा भेटौँला बाबु ! आमालाई मेरो सन्चो बिसन्चो सुनाइदिनु है बाबु !” त्यतिन्जेलसम्म मेरो आँखाबाट बगेको आँशुको ढिकाले टेवलको थालीमा रङ, लत्पतिँदै थियो, बुढा बाआमा मन अमिलो बनाउँदै कोठाभित्र जानू भयाे, म भने पर देउसुरेमा बजेको गीत ” सयपत्री फूल फुल्दा मेरो दिदी सम्झन्छु ।
उनेर राखौँ भने माला त्यसै ओइलिन्छ ।” सुनेर टोलाइ रहेँ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

10 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

10 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

10 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago