रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
बत्ती जस्तै उज्यालिई फाली मनको मैलो
हजुरको आँगनीमा खेल्छौँ हामी भैलो
आसिक दिन आएका छौँ साना केटाकेटी
हामीसँगै नाच्न तल झर्नुस् घरबेटी
आमा पनि यतै आउनुस् उघारेर दैलो
घरबेटी र भैले भई खेल्छौँ हामी भैलो
माटो छुँदा अन्न होओस् फलाम छोए सुन
जिन्दगीमा कोही कसैलाई नपरोस् है रुन
खोल्दै गर्नुस् कन्तुरका रुपियाँको थैलो
नाच्दै गाउँदै अझै एक्छिन् खेल्छौँ हामी भैलो
पायौँ आज हजुरबाट कात्तिकको दान
हजुरको भलो होओस् बढोस् सधैँ मान
नरित्तियोस् कैल्यै पनि भकारी र घैलो
रमाएर यो तिहारमा खेल्छौँ हामी भैलो ।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…