Categories: कविता

“तीजको दर”

दुर्गा पौड्याल

गीता – सीता दिदी ऐले पनि आयो तीज घुमेर
हाम्रो घरघरको आँगनमा नाँचौ झुमेर ।
सीता – राम्रो लुगा छैन मेरो कता जाउँ मागँन
सबै आउलान् लरकेर तीज्मा नाँचन ।
गीता – सानो मन सानो चित्त नगराउन तिमीले
लुगा गहना लाउन दिन्छिन् तिम्री दिदीले ।


सीता– किनगर्ने तीज नआउँदै खाने नाँच्ने चलन
तीज त हाम्रो संस्कृति हो हुन्न बिगार्न ।
गीता – दिदी बैनी दर खान हिँड्छन् सुन्दर भएर
पालै पालो ख्वाउँछन दर होटल गएर ।
सीता – होटलमा खाने ख्वाउने दर होईन भोज हो
एकदिन खाने तीजको दर महिनादिन भो
गीता–घरमा पनि दुख हुन्छ दर पकाई ख्वाउँनलाई
आमा पनि दुख पाउँछिन भांडा माझनलाई
सीता- तीजभन्ने त्यस्तै चाडहो छोरीचेली बोलाउने
एकदिन भानी माइतीमा नाँची रमाउँने ।
गीता– होटलमा दर खाँदा फरक स्वाद पाईन्छ
अनेक थरि साथिसंगी भेट्न पाइन्छ ।
सीता –माइत जस्तो माया प्रेम होटलमा पाइँदैन
फुपु,चेली गाउँले साथी भेट्न पाइँदैन ।
गीता –पैसा भए माया प्रेम जता पनि पाइन्छ
थरि थरी लुगा गहना लाउन पाईन्छ ।
सीता – थाहा हुन्न गहनाले कस्को मन कस्तो छ
मिठो बोली ब्यवहार नै गहना जस्तो छ ।
गीता –तिमी कस्ती बैनी भयौ साथीसँगी नचाईने
साथीसँग रमाइलो गर्नै नपर्ने ।
सीता –संस्कार र संस्कृतिलाई जोगाउनु पर्दछ
देखावटी चलनगर्दा ॠणमा डुबिन्छ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

23 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

23 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago