Categories: कविता

“गर्दछु कामना”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

याे भाद्र कृष्ण ओैंशीकाे दिन सुनाैलाे दिन याे
जीवित भए बाबाकाे मुख अवश्य हेर्ने हाे।
देवता जस्तै मान्दछ शास्त्र बाबाकाे रूपमा
बाबाका साथ रहन्छ बाल अनेक सुखमा।


मायाकाे डाेरी कसिलाे पारी बाबाले हुर्कायाै
सबैको भन्दा ज्ञानी छ बाबू भनेर फुर्कायाै।
फाटेकाे दाैरा टालेकाे टाेपी कसेर पटुका
काटेर गाँस राखेनाै भाेकाे बिहान बेलुका।
दैवले हान्याे ठहरै पार्याे निष्ठुरी भएर
बाबाको साथ गुमाई आज बाँच्या छु सहेर।
भक्कानाे छुट्छ मन याे टुट्छ बाबाकाे यादमा
बेहेसी हुन्छु पागल सरी दिन र रातमा।
फाेटाेमा हेरी दिन याे बित्छ रात त्याे बित्दैन
लाग्दछ कैले पहाड खसी किन पाे थिच्दैन ?
श्रद्धाका फूल चढाएँ बाबा हेरेर तस्विर
छत्र र छाया मिलेन लामाे खाेटाे याे तग्दिर।
साकार पार्न सफल बनूँ बाबाकाे सपना
आशिष पाऊँ बाबाकाे सधै गर्दछु कामना।

बाबाकाे मुख हेर्ने दिनका उपलक्ष्यमा ।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

21 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

22 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago