Categories: बाल कथा

तीजको रहर

राजन कार्की (पाजु)
धरान १३सुनसरी

सरला आज सखारै उठी, दैलो अगेना लिपपोत,धन्दापात सकीवरी सासु ससुरालाई चिया लगिदिई । अनि गाग्री बोकेर पँधेरातिर लागि। पँधेरा पुगेर गाग्री मस्काउँदै मास्तिर मूल बाटोतिर नजर दौडाई, बाटैभरि राता पहेँला लुगा लगाएका महिलाहरू आफ्ना माइत जाने आउनेको ताँती देखिन्थे।
“मेरा पनि माइती गाउँमा आफ्ना साथी संगीहरू भेला भै रातै पहेलै भयर वर्षभरिका आफ्ना पीडा व्यथाहरू तीजका भाकामा गाउन थाले होलान्! ”
सरला कल्पनाको तलावमा डुबी!
“गैरी खेतका धान लहलह हुँदो हो , घरको आँगनीमा माली गाईको बाछो पनि बुर्लुक बर्लुक गर्दै नाच्दो हो , नी आमा!!
” तिम्रो काखमा बसेर मनका सबै पीडा धुने रहर थ्यो आमा!
साथीसँगी सँगै पाउजु बजाउँदै पाउमा पाउ मिलाई चौतारीमा मनको बह तीजसँगै छमछम नाच्ने रहर थियो। हातमा पूजाको थाली बोकेर परिवारको दिर्घायूको कामना गर्न मन्दिरमा गएर तिमीसँगै परिक्रमा गर्ने रहर थियो; तर किन आमा! यस पालिको तीजमा मलाई लिन भाइ आएन त !”
“हैन ए, दुलही ! के टोलाएकी; पानीभरिई सक्यो त !”
माझघरकी फुपुको यो वाक्यले सरला झसंग भै  र सम्हालिँदै भनी,” फुपु ! कहिले आउनुभयो?”
” म आजै आइपुगेको!” गाग्री राख्दै फुपूले भनिन्।
एsss!”भन्दै सरला पानीको गाग्री काखिमा चेपेर घर तिर लागी!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago