विवेक शर्मा गौतम
हाल टोखा ३ काठमाडों

आमा छोरी खुशीले हर्षित थिए । छोरीको तयारी देखेर आमालाई छटपटी भयो।
छोरी “आमा छिटो जाने तयारी गर्नुहोस् ।हजुर जस्तो हो र ? अहिले त तीजको दरखान जाने भनेपछि सबै दिदी बैनी हर्षले गदगद हुन्छन्।”
छोरीले यति भनेपछि आमा घरको काम सकाएर बाकसबाट पोका झिकिन् । आमा पनि के कम,चोली साडी, बर्की र गरग‌हनाले झपक्कै ढाकिइन् । छोरीले भनिन् “अहिलेका गीतहरुको लागि यो पहिरन सुहाँछ त ? यति गहनाले मात्र पुग्छ त आमा ?”
आमा – “अहिले र उहिले भन्ने हुन्छ र नाच्नलाई पनि ? अरुलाई कपडा र गहना देखाउन जाने हो र ? दर खाने,नाच्ने र रमाउने हो ? दरको नाममा आवश्यकता भन्दा बढी तडक भडक भयो भने समाज कता जाला ? उसो भए म जान्न भनेर आमा चट्टारिइन ।”
छोरीले भनिन् “सुन्नुहोस्,आमा आजभोलि एकपटक लगाएको कपडा अर्को पटक लगाउनु हुँदैन। यसको अर्को साडी रहेनछ भन्छन् । नाच्दा समय र गीत अनुसार पहिरन चाहिन्छ । विच्च विच्चमा . . . पोइल जान पाम…जस्ता गीतहरुमा कसरी नाच्छन देख्नु भएको छ ? यी गीतहरुमा वीयर र वाइन नखाई हुॅदैन् । तीजैको रहर आयो बरीलै…र शिरैमा शिरफूल…जस्ता तीजका गीतहरु कालजयी छन्। यी गीतहरू हजुरलाई मात्र होइन हामीलाई पनि मन पर्छ। तर के गर्ने जमाना अनुसार चल्नु पर्छ ।”
छोरीको कुरा सुनेपछि पनि उनले आफ्नो हट छोडिनिन् । आफूलाई लागेको वास्तबिकता वकल्न थालिन् “हाम्रो पालामा दरखाने एक दिन मात्र हुन्थ्यो । खर्च कम हुन्थ्यो । देखासिकी थिएन । अहिले महिनौँ हुन्छ । दर पिच्छे साडी सेट बदल्नु पर्छ। घरमा नखाएर तिम्रा बा को दर भट्टी र होटेलमा छ।”
घरको यी कुरा नगरौँ अरुले सुने के भन्लान् छोरीले भनेपछि पार्टीप्यालेस पुग्न बित्तीकै तीजको दर र पहिरनबारे कुरा गर्न छाडे।
दर खाएर दिन भरी नाचेर थकित भएका आमाछोरी घर फर्कदै थिए, पहिरिएका गहना लुटेराले लुटेपछि आमा छोरी बिल्लीबाठ भएर रुँदै घर फर्किए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago