भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

“ए सपना, दर खान जाने होइन ।” बाटाबाट चर्को आवाज सुनियो।
“जाँदै गर्नोस्, म निस्कन्छु ।” सपनाले उत्तर फर्काई।
सासू भने केही नबोली पिँढीमा बसेकी थिइन् । त्यतिकैमा पल्लाघरे माहिली आमा आइपुगिन । “के गरेकी छौ ? तिम्री बुहारी दर खान जान्नन रे, हाम्री त अघि नै  गइसक्यौँ ।” माहिली आमाले साउती मारिन् ।
“के कुरा गर्छौ तिमी पनि, यो नेता मान्छे नगएर छोड्ली ? को- को जानी, के खानी भनेर बिहानै देखि फोनमा बिजी छे ।” पहिलोले उत्तर दिइन् ।
सपना चिटिक्क परेर, ” ल, म गएँ है आमा ।”
“राम ! राम !! हाम्रा पालामा दर भनेको एक दिन खाने हो, त्यै पनि उकालो-ओरालो, खोलो तरेर बल्लतल्ल माइतमा गएर खाइन्थ्यो ।” अहिलेकालाई हेर त, ” एक महिना पहिलेबाट दर रे, त्यो पनि पाटी प्यालेसा, हेर्दाहेर्दै के चलन आका हुन् यस्ता ।” पहिलोले मुख बङ्ग्याइन।
त्यही त भन्या, ” भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउँने तीज पर्व हो । पार्वतीले आफूले मन पराएको वर शिवलाई पाउन जङ्गलमा गएर पानी पनि नखाई घोर तपस्या गरेकी थिइन । भगवान् शिव प्रकट भई ‘चिताएको मनोकाङ्क्षा पूर्ण होस्’ भनी वरदान दिएका थिए ।” माहिली आमाले तीजको पौराणिक कथा जोडेर भनिन् ।
हो तनि, हर्षोल्लासका साथ नाचगान गरी मनाउने चाड हो तर अहिले फेसन भएको छ । कही संघसंस्थाका नाममा, पार्टीका नाममा, समूहका नाममा मास देखाई ठुलो हुनुछ मान्छेलाई । पहिलोले लामो सास तान्दै थपिन् ।
माहिली आमाले गम्भीर मुद्रामा भनिन्, ” पौराणिक मान्यता बोकेका परम्परा र संस्कृति पनि देखासिकी र फेसनले गर्दा विकृति भित्रिएको पत्तै छैन ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

9 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

10 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago