अन्जु शर्मा
रातोपुल

दिनभर लगाएर बनाएका मीठामीठा पकवान।
बास्नाले भरिपूर्ण भान्सा।
भान्साको धिमा बत्तीले अन्धकार चकनाचुर पारेको छ। तर लक्ष्मीको अनुहारमा खुशी छैन।
“लक्ष्मी ! भोलिको ब्रत छ । ढकने र दही खाउ।” विष्णुले काँसको थालमा खान सँगै दाम्पत्य खुशी पस्किए।” भो खान मन छैन ।” लक्ष्मीले बत्ती निभएर घुक्कघुक्क गर्दै बिछ्यौना छिरिन्।
“आमा…!! म आइपुगें। बाटोमा बस बिग्रेकाले हिँडेर आउँदा ढिला भयो । आज तीजको दिन सप्राइज दिन भनेर फोन नगरी आएँ। माफ गर्नु।”छोरीको सुरिलो स्वर आँगनमा गुन्जियो।
लक्ष्मी हस्याङ् फस्याङ् गर्दै ” छोरी! आइपुगिस नानी ! तैले नखाई खाना पनि रूचेन। लु आइज ;पहिले खाना खाऔँ।”छोरीलाई अँगालो हाल्छिन्।
“हैट! छोरी घर प्रवेश गर्दागर्दै सबैतिर पूर्णीमाको चन्द्रमा विछ्याइए जस्तो घर त बत्ती नबाली उज्यालो भएर आयो ।” विष्णु मुसुक्क मुस्काए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

2 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

2 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago