देव भट्टराई
हाम्रो प्यारो तीज आयो घुमेर।
हाँसौँ खेलौँ कर्मलाई चुमेर ।।
साथीसङ्गी नाच्न आओ रमेर।
मीठा मीठा चीज खाँऔँ जमेर ।।
कस्ता कस्ता दु:ख पीडा सहेर ।
भेला भा’छौँ आज हामी सबै र ।।
यस्तो मौका फेरि यो आउँदैन ।
हाँस्ने नाच्ने जिन्दगी पाउँदैन ।।
वर्षा मेला काम सारा भुलेर ।
नाच्ने नै हो आज हामी खुलेर ।।
साडीचोलो लाउने हो चिटिक्कै ।
कान्छीनानी घाँगराले रिटिक्कै ।।
प्यारो लाग्ने माइती गाउँ धेर ।
चाहेमात्रै पुग्न लाग्दैन बेर ।।
जन्म्यौँ हुर्क्यौँ लाग्छ मायाँ उतैको।
आमाबाबा भाइ बैनी सबैको ।।
नारीमैत्री चाड हो एक हाम्रो ।
छाडा बन्दा लाग्छ धेरै नराम्रो ।।
जोगाएमा धर्म संस्कारलाई ।
सक्छौँ हामी शानले बाँच्नलाई ।।
भावी पुस्ता देशलाई उचाल्न ।
छाडा बन्दै हुन्न आफैँ बिगार्न ।।
राखौँ आफ्नू सभ्यताको चिनारी ।
आहा ! आहा !! भव्य नेपाल नारी ।।
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…