Categories: कविता

“सहयोग गरौँ”


शोभा कोइराला

सहर छैन उजाड भयो स्थिति
कहरमा असरल्ल छ बेथिति
विरहनिम्ति सदा जसरी जुटौँ
विवश छन् सहयोग छिटो गरौँ।

छ विकराल बिहाल जताततै
अभयले भय बढ्छ जताततै
मनुज हे! उपकारकमा उठौँ
विवश छन् सहयोग छिटो गरौँ।

त्रसित छन् प्रिय मानव औ चरा
शिथिल छन् सब बोट जरा जरा
जहर खान त बाध्य भए बुझौँ
विवश छन् सहयोग छिटो गरौँ।

सहनु मात्र उपाय भयो अति
प्रसव पीडित छन् कतिका कति
समयमै उपचार जुटी गरौँ
विवश छन् सहयोग छिटो गरौँ।

नियत छन् अति घातक राखमा
दनुज छन् अति पातक पापमा
मनुजको अब रक्षणमा पुगौँ
विवश छन् सहयोग छिटो गरौँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

11 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

12 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

1 day ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

1 day ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

1 day ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

1 day ago