Categories: बाल कथा

त्यागी बालक

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“रामु ! अचेल स्कुलमा किन आउँनछाड्यौ त ?”- मास्टर प्रेमलाले रामुलाई बाटोमा बसेको देखेर सोधे। धेरै दिन देखि रामु स्कुलमा गएको थिएन। आज अचानक प्रेमलालसँग जम्काभेट भयो।
“नमस्ते माड्साव! “- रामुले हातमा उचालेको लाठी भुइँमा राखेर हात जोड्यो।
“नमस्ते बाबु । तिमी स्कुल न आएको धेरै दिनभयो किन आउँन छाड्यौ त ?”-मास्टर प्रेमले नमस्तेको जवाफ सँगै उही कुरा दोराए।
“पढाईगर्न छाडिदिएँ ! अब आउँदैन ।”-उसको अनुहार अंध्यारो भयो।
“आज ग्वाला आएका हौ ?”-मास्टर प्रेमले प्रसङ्ग बदल्दै सोधे।
“जी !”-सटिकमा भन्यो।
“कति गाई भैंसी पालेका छौ तिमीहरूले ?”-मास्टरले बुझ्न खोजे। “सर हाम्रो त एउटा पनि छैन । यी गाई भैँसी त ठुला घरे साहुजीका हुँन। म उँहाको घरमा ग्वाला बसेको छु।”-रामुले प्रष्ट पार्यो।
“किन तिम्रो त बाबा विदेशमा हुनुहुन्छ । अनि राम्रो अबस्था थियो। यो दुई महिना भित्रमा यस्तो के परिवर्तन भयो ? पाँच पास गरेपछि तिमीलाई पढाई नै छाडेर ग्वाला लाग्नु पर्यो ?”- मास्टर प्रेमले आश्चार्य प्रकट गरे।
“केभनौँ सर! बाबा कुनै कारण विदेश जेलमा पर्नुभयो भन्ने सुनेपछि आमा..!”-बोल्दा बोल्दै रोकियो। भावुक भयो र बोल्न सकेन। मास्टर प्रेमले सानै देखि चिनेको पढाएको एउटा उत्कृष्ट विद्यार्थी मध्यको रामुपनि हो। उनलाई पनि दया जाग्यो।
“नरोउ बाबु ! भन सबै कुरा मन हलुको हुन्छ। आमालाई केभयो त ?”- उनले फेरी बुझ्न खोजे।
“बाबा जेल परेको सुनेपछि आमा आर्कै सँग हिंड्नु भयो। घरमा एउटी म मुनिकी सानी बहिनी छ। त्यसैलाई पढाउँन म ग्वाला बसेको छुँ। “-रामुले रूँदै भन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

13 hours ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

13 hours ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

14 hours ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

2 days ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

2 days ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

3 days ago