Categories: कविता

गड्यौला

काशी निर्दोष
सुनवल

माटोमै जन्मेर
माटो नै खाएर
माटो नै मसारेर
माटोको गौरव र महिमा बढाएका
नरम शरीर
नरम हृदय भएका गड्यौँला
हरदिन मूल्यहीन ठान्छन् खेत मालिकहरू!

ए स्वघषित मालिकहरू!
चलाएर कुटिलताको हलो
उपेक्षाको कोदाली
छरेर विभेदको विषादी
नचाएर काला कमिला
तहसनहस पार
गौड्यौलाका सन्तति
बचेखुचेका छन् जति
काटेर
च्यापेर
दबाएर
बिहोस बनाएर
लखेट तिनलाई
उनैले बनाएको
उननैले जोगाएको
उनैले हराभरा बनाएको
सुन्दर गराबाट
लाखौँ माइलपारीका मरुभूमिमा!

मरुभूमिका मालिकहरू
बुझेर गड्यौलाको महिमा
गड्यौलाको गुण
गड्यौलाको कर्म
खुवाउँछन् केही चारो
लिन्छन् अकुत फाइदा
बनाउँछन् बन्जरभूमि हराभरा
देखाउँछन् सान
उँचो पारेर शिर
उब्जाउँछन् मनग्य फसल
खाएर गुदी र रस
पठाउँदा बोक्रा र छोक्रा तिमीलाई
तिमी मख्ख पर्छौ यसरी
जसरी मौरीले मह पाउँछ
मरुभूमिको उँटले पानी पाउँछ
बगरमा अलपत्र माछाले पानी पाउँछ
कुकुरले हड्डी पाउँछ।

ए स्वघषित मालिक हो!
अब चिन गड्यौँला
जोगाऊ गड्यौला
नमार उसका सन्तति
तुच्छ ठानेर
अमुक ठानेर
सानो भनेर
फोहोरी र निरीहको उपमा भिराएर
नधपाऊ सुन्दर खेतबाट!

ए स्वेच्छाचारी मालिक हो !
जसले माटो सजाउँदै
माटो खेलाउँदै
झरी,हुरी, प्रचण्ड धुप सहेर
जोगाइरहेछ माटोको गुण
बढाइरहेछ उर्वराशक्ति
जहाँ उम्रिएर तमाम बालीका बिरुवा
फल्छन् तिमीलाई
मलाई
अनि दुनियालाई धरामा राख्ने फसल।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

12 hours ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

12 hours ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

12 hours ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 day ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

2 days ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago