Categories: कविता

“थररर”

फेसबुक कवि

रूखले भन्छ, माथि बढ
नदीले भन्छ, सलललल ।
जुनकिरी भन्छ, धिपधिप,
घामले भन्छ, झलमल ।
पहाड भन्छ, अटल बस,
हावाले भन्छ, सरररर ।


ध्यानले भन्छ, शान्त रहू,
तालीले भन्छ, पररर ।
फूलले भन्छ, ढकमक,
झरना भन्छ, झरररर ।
अक्षर भन्छ धर्का मिल
पुस्तक भन्छ, फररर ।
अल्छी भन्छ, खाईय खुईय
पसिना भन्छ, खललल ।
गल्ती भन्छ, पछुताे हुन्छ,
डरले भन्छ, थररर ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

20 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

21 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago