हरि काेर्काली
काेखाई काेखाई काेखाई काेखाई
नानी हाम्म
मीठाे मीठाे बुबु भुजा
नानी हाम्म
मह हालेकाे स्वादिलाे नानी हाम्म
यता नहेर सुरीम्याउ
तँलाई दिन्न
मीठाे मीठाे स्वादिलाे
नानी हाम्म
आँगनकी भँगेरीलाई
पनि दिन्न
नानी आफैँ खान्छिन्
अरूलाई दिन्न
काेखाई काेखाई काेखाई काेखाई
नानी हाम्म
दालभुजा स्वादिलाे
नानी हाम्म
घिउ हालेकाे पाेसिलाे
नानी हाम्म
यता नहेर भँगेरी
तँलाई दिन्न
नानी आफैँ खान्छिन्
मीठाे तँलाई दिन्न
मह हालेकाे स्वादिलाे
तँलाई दिन्न
घिउ हालेकाे पाेसिलाे
तँलाई दिन्न
डली पनि हेरिरहिछन् थाेरै दिउँ कि
टेडी पनि खान्छु भन्छिन् ख्वाइ दिउँ कि
काेखाई काेखाई काेखाई काेखाई
डली हाम्म
स्वादिलाे छ पाेसिलाे छ टेडी हाम्म
भाे भाे दिन्न कसैलाई
नानी हाम्म
स्वादिलाे छ मीठाे आफैँ नानी हाम्म।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…