थरुहट


भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

बुधना र मझली व्यस्त छन्।
दिउँसोको टन्टलापुर घाममा उफ पनि नभनी खेतमा गहुँ काटेका छन् । प्यास लाग्दा घैँटाको चिसो पानी खादैँ बाली थन्काउँनमा व्यस्त देखिन्छन् । बिहान कल्वा खाएर निस्किएका दिउँसोको मिन्हीको पर्खाइमा छन् । उनीहरू मिजास, मिहिनेती र इमान्दार देखिन्छन् ।
सविता खेतमा जादै थिई । उसलाई उनीहरूको परिश्रम देखेर समुदायका बारेमा जान्ने उत्सुकता जाग्यो र सोधी, “कुन समुदायका, कहाँका हौँ, घाममा काम गरेका छौ त ?
बुधनाले पुलुक्क अनुहार हेर्दै भनी, “हामी जङ्गलको नजिक बस्ने जाति भूमि पुत्र हौँ । हाम्रो पेसा खेतीपाती र पशुपालन हो । माछा मारेर जिविका चलाउँछौँ , काम नगरे के गर्नु त ?” उसको प्रतिप्रश्न कुतुहलताले भरिएकोले झन उत्सुकता थपिदिई ।
सविताले, “देख्दा त साह्रै सोझा, मङ्गोल आकृतिका पो देखिन्छौ, कहाँ हो पहाडघर ? उसले फेरि प्रश्न तेर्साई।
बुधनाले केही गम्भीर हुँदै, “त्यहीँ भएर त हामी कमैया प्रथा र कमलरी प्रथाबाट पिडित छौँ । हाम्रा समस्या न्यायलयसम्म पुग्न सकेको छैन । हामी कपिलवस्तुका शाक्य र कोलियाहरूका सन्तान हौँ ।” उसले यथार्थता बताई सवितालाई सकसकी लाग्यो र एकटकले अनुहार नियाली रही । हसुली र नथिया लगाएका, सेतो सारीमा सजिएको पहिरनले उसको ध्यान खिँच्यो र सोधी, “तिमीहरूको परिवारमा को-को हुनुहुन्छ, ?” उसले जिज्ञासा राखी।
फेरि बुधनाले उसको मनोभावना बुझेर जवाफ फर्काई, “ए हामी थरुहटहरू दुई, तीन पुस्ता एकै ठाउँमा बस्छौँ र माघी, जितिया पर्व धुमधामले मनाउँछौँ पनि ।” उसको खुलदुली मेटाई।
दुबैका बातचित पर्गेली रहेकी मझली एक्कासी बोली, “राज्यले न्याय गर्न नसकेनी हामी आफ्नै संस्कृतिमा रमाउँने, के लाठी नाचले हाम्रो समुदायको ध्यान खिँचेको छैन त ?” उसले एकैसासमा भनी।