लक्ष्मी रेग्मी
उर्लाबारी
आफ्नो दशैँ पर्व हर्षोल्लासले,
घरघर भित्रै रमाइलो छायो।
मालश्री धुनले मिठासै भन्यो,
आनन्दले मन सुवासै ल्यायो।।
टीका जमरा अनि लालअक्षता,
आशीष बोकेर बुबाआमाबाट।
दाजुभाइ र दिदीबहिनीसँग,
मायाको धारा बग्छ एउटै साथ।।
पिङ खेलेर आकाश छुन परे,
बालक–बालिका हाँस्दै रमाउँछन्।
घोडाजस्तो डुल्ने स–साना टोल,
गीत गाएर गाउँभरी घुम्छन्।।
हातेमालोले जोडिन्छ मनको,
सम्बन्ध अटुट गाँठो बन्छन् सबै।
दशैँले दिने यो सन्देश सुन्नु,
एकता–मायाले जीवन सजौँ।।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…