Categories: कविता

“खल्लाे दशैँ”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

सिकामा काँक्राे छैन
उखुकाे लाँक्राे छैन,
टालटुल माटाे न कमेराे
मकैकाे थाँक्राे छैन।

झिलिक्क नाना छैन
भरपेट खाना छैन,
हुनेकै तमासा धेरै
ओतिलाे छाना छैन।

गाउँमा साथी छैन,
फर्कने ताँती छैन,
लिङ्गेहीन देउराली
जमारा पाती छ‌ैन।

खैँजडी ताल छैन,
झाँझरी झालछैन,
छमछम नाच्नलाई
सँस्कारीक चाल छैन।

काखकाे छाेरा छैन,
चामल बाेरा छैन,
श्रीमान पर्देशमा
मदानी पाेरा छ‌ैन।

चाडकाे उमङ्ग छैन,
हर्षकाे मृदङ्ग छैन,
मनभरि खल्लाे दशैँ
खुशीकाे तरङ्ग छैन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

18 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

19 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

19 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

3 days ago