शान्ता तिम्सिना
भक्तपुर

“यो दशैँ पनि किन आएको होला , बुढा ! मलाई त अत्यास लागिराछ ।” एका बिहानै बुढीले निराशा ब्यक्त गरिन् ।
“एउटा भएको छोरो सात समुन्द्र पारी छ । बुहारी नाति नातिना पनि शहरमा छन् । हामीलाई के को दशैँ र ?” बुढाले झनै दुखेसो पोखे।
दशैँको दिन न, मिठो मसिनो ल्याए, न त आवश्यक सरसामान नै किने , अझ छोरा बुहारी सम्पर्कमा नहुँदा थप चिन्तामा थिए, उनीहरु ।
“तपाईँले डायल गर्नु भएको फोनको स्विच अफ गरिएको छ। ” बुढाको मोबाइलमा पटक पटक त्यही शब्द दोहोर्याइ रहेको थियो। बुढी पटुकाको छेउले आँसु पुछ्दै थिइन्।
“पर बाटोमा कोहि आउँदै गरेको देखेर उनीहरुका आँखाले त्यतै हेर्न थाले।
“छोरा बुहारी जस्तो पो देख्छु त, बुढा !” बुढीले पावरवाला चस्मा लगाउँदै भनिन्।
“उनीहरू के आउँथे र ! कसैका आफन्त होलान् नि ! ” बुढाले भने वास्ता नगरी बसे।
“बाबा ढोग गरेँ।” एक्कासी , छोराको आवाजले उनी झस्किए । आमाका हर्षका आँसु बर्बर झरे । बुहारी र नातानातिनी पनि सँगै थिए।
“बाबू ! खबरै नगरी आइस त ! अनि मोबाइल पनि अफ थियो ।” बाबाले चिन्तित हुँदै भने।
“हजुरहरुलाई सर्पराइज दिउँ भनेर, अफ गरेको नि, बाबा ! अब हामी आइसक्यौँ , चिन्ता नलिनु।
“कति समयको छुट्टीमा आइस् त, बाबू ! , फर्किहाल्ने होला !” उनले फेरि अर्को चिन्ता ब्यक्त गरे। “त्यहाँको दु:ख अनि हजुरहरुको मायाले फर्केर आए बाबा! अब विदेश नजाने ।” छोराले नरम स्वरमा भन्यो।
“हो , बाबा ! अब नाति र नातिनी यहीं गाउँकै विद्यालयमा पढ्छन् । हामी खेतिपाती गरेर हजुरहरुसँगै बस्छौँ।” बुहारीले भनिन्।
बुढाको खुसीले सिमा नाघ्यो । उनले सानो नातिलाई पिङ हाल्दै भने ; धन्य दुर्गा माता ! तिम्रो आशीर्वादले यिनीहरु घर फर्किएका छन् । हाम्रो मनमा शान्ति मिल्यो ।”
ए बुढी ! पानी तताउन बसा त ! त्यो, ठूलो चैँ खसी काट्नु पर्छ ।” बुढाले खोरबाट खसी निकाल्दै भने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

14 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

14 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

15 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago