धनसिंह विश्व
गेजिंग प० सिक्किम
“सुस्मिता ! तिमी खेल्न गएनौ ?” स्कूलमा एउटी ६ बर्षकी छोरी कक्षाभित्र एक्लै बसीरहेकी देखेर शिक्षिकाले सोधिन्। “कसैले पनि खेलाउदैन्न ” सुस्मिताले ठाडो जवाब दिई। “अनि तिम्रो साथी छैनन् ?” छेउमा आएर माया गर्दै शिक्षिकाले भनिन्। “अहं! छैनन् मिस।” “तिमीलाई कसैले पनि खेलाएनन् किन?” शिक्षिकाले फेरि सोधिन्। “कोनी”। सुस्मिता लजाउँदै भन्छे। “अनि तिम्रो साथीहरु – रमिता, जुनुन्, आसिस, तारा , दिक्षणहरु चाँही के भए?” “दिक्षण त बद्मास छ नी। अनि रमिता र जुनुन् पनि बद्मास छन्।” सुस्मिताले भनी। “ए बिचारा! तिमी चाहिँ बद्मास छैनौ ?” “हजुर बद्मास गर्दिन नी। बुवाले बद्मास नगर्नु भन्नु भाछ।” शिक्षिकाले सानो झोलाबाट मिठाइ निकालेर दिँदै भनिन् “अँ! अब म तिम्रो साथी हुन्छु ल, हुन्छ ? यो मिठाइ तिमीलाई, हुन्छ ?” ” धन्यवाद मिस। हुन्छ अब हजुर म साथी।” सुस्मिता मिठाई थापेर बाहिर दगुर्दै गइन्। केही बेर पछि तीन चार जना साथीहरु लिएर कक्षा भित्र आइन् अनि भनिन् ” मिस ! हजुरले दिनुभएको मिठाई, मैले साथीहरूसित बराबरी बाँडेर खाएँ। बाँडेर खाएको मात्र प्रसाद हुन्छ रे। बुवाले पनि ‘बाँडेरै खानुहुन्छ”।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…