मणि भट्टराई
आऊ नानी आऊ
आऊ बाबू आऊ
मेरो सामु आऊ
दुई कुरा सुनेर
अनि मात्र जाऊ।
मीठो बोली बोल
साँचो कुरा बोल
हाँसी हाँसी बोल
मनमा कुरा गुनेर
मनको कुरा खोल।
सफा लुगा लाऊ
सफा खाजा खाऊ
सफा पानी पिऊ
फुर्तिलो सँधै भएर
सफा राख जिऊ।
भाइ सँग रमाऊ
बैनी सँग रमाऊ
साथी संग रमाऊ
स्कूल जाउ हाँसेर
हाँस्तै घर आऊ।
बा बा नजिक जाऊ
आमा नजिक जाऊ
मीठो म्वाई खाऊ
दिन भरि आज
के के गर्यौ सुनाऊ।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…