Categories: बाल कथा

दिन फर्केछ


निमा छिरिङ भोटिया
जलढाका कालेबुङ
भारत

आज समीरा अति खुशी छे। खुशी पनि किन नहुनु र!
अब उनीहरूको गाउँमा पनि एउटा गतिलो ठूलो झोलुङ्गे पुल निर्माण हुन लागिरहेको छ। त्यो खबर हिजोआज गाउँभरी डढेलो जस्तै फैलिएको छ। उ सानो दस बर्षकी बच्ची भए पनि आज उ सधैँ भन्दा बढी खुशी छे। यो खुशीको कुरा उ आफ्नो आमा गीतालाई आनन्द मान्दै यसरी सुनाइरहेकी छे “आमा ! अब हामी पनि अब केही समयपछि त्यो तुइनको बदली झोलुङ्गे पुलमा कुनै डर बिनै मज्जाले हिँड्ने दिनहरू अब छिट्टै आउँन लागेको रहेछ। हाम्रो त्यो दुःखहरू बुझेर पूर्वबाट धेरै हामीलाई माया गर्नेहरूले हाम्रो गाउँमा आएर बसेर हाम्रो निम्ति झोलुङ्गे पुल बनाउनु हुन्छ हरे। माथिल्लो गाउँको हाम्रो बढाले आज हामीलाई भन्नु भएको।”
छोरी समीराको यस्तो खुशीको कुरा सुनेपछि उ मन मनै खुशी हुँदै बोलिन् “छोरी नानु ! उहिलेका बाजे बोजूले भन्ने गर्थे रे !’एक दिन पक्कै पनि सबैको दिन फर्किन्छ’ साँच्चै अब यो जग्गा र यहाँ बस्ने सबै सबैको दाताको रूपमा पूर्वबाट धेरै सहयोगीहरू अब हाम्रो गाउँमा आउने कुरा त मैले पनि कता कता सुनेकी थिएँ तर आज तिमीबाट सुन्दा झन धेरै खुशी लाग्यो। नानु अब हाम्रो तुइनको जिन्दगी सकिएको रहेछ। हो अब पक्कै हामी पनि आनन्दसँग झोलुङ्गे पुलमा नडराई आउ जाउ मज्जाले गर्न सक्ने रहेछौँ। पक्कै हाम्रो पनि दिन फर्केछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

16 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

16 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago