“नेपाल आमा”


नरिश्वर गौतम

म नेपाली नागरिक
नेपाल मेरी आमा
म नेपालको छोरो
नेपाली मेरो नाम।

धेरै छन् दाजुभाई
दिदीबहिनी साथमा
सँगै खेल्ने रमाउने
आमाको काखमा।।

म एक नेपाली
मेरी आमा नेपाल
कोटिकोटी दाजुभाइ
दिदिबहिनी अपार।

हिजोसम्म यहाँ थिइन्
एउटै आमा नेपाल
तिमी आयौ गीत गाउँदै
परै बज्दै थियो ताल।

तिमी आयौ एक्कासि
नाच्दै र ताल मिलाउँदै
आँधी हुरी र जन्तिसँगै
धुवाँ र धुलो उडाउँदै।

तिमी आयौ बेहुलीझैँ
उत्सव तामझाम भयो
निहत्था नातिनातिनिको
अकालमै प्राण पनि गयो।

केही छोराहरुको स्वागतमा
तिमी गृहप्रवेश गर्दा
कतै उल्लास कतै चित्कार
कलिला कर्णधार मर्दा।

हिजो नेपाल आमा थिइन्
तिमी नेपालकी छोरी थियौ
लम्पसार परेर ढोगे छोराले
आज तिमी आमा बनिदियौ।

आमा त मेरी नेपाल थिइन्
तिमीलाई हजुरआमा भन्न चाहन्थेँ
आमा बिरामी पर्दा तिमीले
स्याहार गरेको सुन्न चाहन्थेँ।

म नेपाल आमाको छोरा
तिमी नेपालकी छोरी
सम्झन्थेँ एउटै आमाका सन्तान
हामी म तिमीलाई दिदी भन्न चाहन्थेँ।

म नेपाल एउटै घर सम्झन्थेँ
सबै नेपाली दाजुभाई
सबै नेपालीकी एउटै आमा
सम्झन्थेँ म नेपाललाई।

तिमी साँच्चै आमा हौ या
नेपाल आमाकी पनि आमा
या हौ नेपाल आमाकी छोरी
कर्मले राख्नेछ अब तिम्रो नाम।

तिमीले जे गर्यौ आफ्नै या
कसैको विवेक र क्षमताले
सही गरेकी छौ या गलत
मूल्याङ्कन गर्नेछन् जनताले।

आमा भन्न सक्दिन तिमीलाई
नहेरी नतिजा तिम्रो कर्मको
बेचेकी छौ या रक्षा गरेकी छौ
नेपाल, नेपाली अनि धर्मको।

सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

7 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

7 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago