Categories: कविता

दुःख पाइस् मङ्गले


भगवती शर्मा

छुद्र बोली बोल्दछस् छैनन् साथमा
काम छैनन् हिँड्दछस् मध्ये रातमा
हात खाली बस्छ जो साह्रै सन्चले
दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले।

जित्न आफैँ खोज्दछस् कस्तो आदत
खान राम्रो खोज्दछस् आफैँ नङ्गट
बाबु नानी भन्दछन् कस्तो चञ्चले
दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले।

ध्यान गर्नू काममा मान्ने होइन
पढ्नु राम्रो सुस्तरी पढ्ने होइन
हुन्छ ढाडे गाउँमा हाम्रो मङ्गले
दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले।

काम छोडे माम के खाला भाइले
सानु ठूलो बुद्धिले भन्छन् दाइले
दाम भेटे गाउँको साँढे मङ्गले
दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले।

सोच राम्रो राख्छ जो गर्ला उन्नति
मूर्खलाई के हुने अर्ती ओखती
दिन्छु अर्ती बुद्धि यो जानेस् मङ्गले
दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले।

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

9 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

9 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

9 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago