Categories: बाल कथा

देउसीको दान

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

उसको पसल नजिकै स्कुल थियो । स्टेसनरी, किराना र अन्य खोजे जति चिज त्यहाँ पाइन्थ्यो । कापी, ज्योमेट्री बक्स, गाइड, गेसपेपरदेखि लिएर जुत्ता, मोजा अनि मिठाई, चकलेट, चाउचाउ, बिस्कुटको मनग्गे व्यापार हुन्थ्यो । ‘लौ न साहुजी ! मेरो त कलममा मसी नै सकिएछ’ भन्दै लेख्दालेख्दैको कलमको मसी सकियो भने विद्यार्थी खुरुरु दौडँदै त्यहाँ पुग्थे। खेल्दा खेल्दै कमिजको टाँक फुस्क्यो भने टाँक त्यही पाइन्थ्यो। ‘पाइन्ट उध्रियो साहुजी, सियो धागो दिनु न !’ पाइन्ट उध्रियो भने सिलाउनका लागि सियो धागोको व्यवस्था पनि त्यहीँ हुन्थ्यो। इमर्जेन्सी शुल्क लिएर उसले विद्यार्थीको खाँचो टार्थ्यो । सामान किन्ने ग्राहक भनेकै स्कुलका विद्यार्थी थिए।
‘यो बर्खे बिदाले त मेरो व्यापारलाई पो असर पार्यो’ असार साउनको बर्खे बिदा उसका लागि झिँगा धपाइ हुन्थ्यो। ‘जाडो बिदा, दसैँ बिदा किन आउँदा हुन् ?’ ऊ दिक्क मान्थ्यो। दसैँको बिदा सकिएपछि फेरि उसको पसलमा चहलपहल बढ्न सुरु हुन्थ्यो ।
तिहार लाग्यो, फेरि स्कुल बिदा भयो। देउसी भैलो सुरु भयो ।
उसकहाँ भैलो खेल्न आमा समूह आए। आमाहरूले आमा समूह भवन निर्माणको सर्त राखेर भैलो खेले। उसले चित्त बुझ्दो दान दियो। क्लबका ठिटाठिटीहरू देउसी खेल्न आए। उनीहरूले खेलकुद सामान खरिद र खेल मैदानको बहाना बनाए। उनीहरूलाई पनि उसले चित्त बुझायो। बाउ समूह नाम राखेर आएकाहरूले संस्कृति धान्न, रमाइलो गर्न र सामाजिक काम गर्नका लागि भैलो खेल्न आएको कुरा गरे। उसले बाहरूलाई पनि खुसी बनाएरै पठायो।
देउसी भैलो खेल्ने क्रममा विद्यार्थीहरू पनि आए। ‘यी भैलो टोली पनि कति आउन सकेका ?’ उसलाई रिस उठ्यो। यसो नियालेर हेर्दा विद्यार्थी रहेछन् । पुस्तकालयका लागि पुस्तक खरिद गर्ने अभियानका लागि विद्यालयको बालक्लबले देउसी भैलोको आयोजना गरेको थियो। ‘यी स्कुलेहरूले माग्नलाई पनि कति नाटक गर्न जानेका ?’ उसलाई भाउन्न भयो र एकाउन्न रुपैयाँ दिएर तुरुन्तै धपायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

19 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

19 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago