Categories: बाल कथा

“लक्ष्मी पूजा”


त्रिपुरा खरेल

गोठमा घाँसको भारी बिसाएपछि मनप्रसादले धुलो खेल्दै गरेको छोरालाई हेरे। “लक्ष्मी पूजाको दिन लक्ष्मी दिनुहुँदैन भनेर कसैले पनि दूधको पैसा दिन मानेनन् ,अब कुन मुख लिएर छोराको सामुन्ने जानु ।” उनले निःश्वास छोडे।
“बाबा आउनु भयो , अब बत्ती बाल्नुपर्छ , अब हामीले लछिमी पुज्ने हगि ? बाबा! बजारबाट पटका ल्याउनु भयो? ” उसको आठ वर्षको छोरा वरुणले बाबुको दौराको फेर समाउँदै सोध्यो । मनप्रसादले छोराको टाउको मुसारे।
बाबा! हामीले पटका पड्काएर लछमी पूजा नगरेकोले लछमी हामीसँग रिसाउनु भएको होला। यसपालि हामी पनि आतसबाजी ल्याएर मज्जा गर्नुपर्छ है।”
” हुन्छ बाबु। म देउरालीको पसलमा गएर तिमीले भनेको चिज किनेर ल्याइदिन्छु ।”
आहा! हामी पनि बत्ती बाल्ने,पट्का पड्काउने ,अब हाम्रो घरमा पनि पैसा आउँछ। हाम्रो खरको छानो हटाएर टिनको छाना लाउनुपर्छ है बाबा!” वरुणको प्रश्नको उत्तर दिने सामर्थ्य उनमा थिएन। उनले गहभरि आँसु लिएर छोराको टाउकोदेखि खाली खुट्टासम्म हेरे।
वरुणले आशातीत अनुहारले बाबुलाई हेर्यो।मनप्रसादले फेरि कमेजको खल्तीमा हात हाले। जम्मा दुईवटा मोहोर मात्र थिए ।
“बाबा हेर्नु त तल फाँटका कोठीहरूमा बिजुली बत्तीको झिलिमिली ! हामी पनि त्यस्तै बत्ति बाल्नुपर्छ है।” उसले हठ छोडेन।
” कुखुरालाई ओथारा दिन राखेको फुल बेचेर मेरो बाबालाई पसलबाट पटका ल्याइदिन्छु ,बरु तिमी डिलमा बसेर तल भैलिनीहरूले भैलो खेलेको हेरेर बस।”
मनप्रसादको झूटो आश्वासनले खुशी भएको वरुण, डाँडागाउँबाट तल फाँटका ठूला घरहरूमा लगाएको बिजुली बत्तीको झिपिकझिपिक र दीपमालाको सुन्दर दृश्यमा रमाउन थाल्यो। पट्याङ , पुटुुङको आवाजसँगै औँशीको कालो आकाशमा उज्यालो देखिन थाल्यो। फाँटका ठूला महलहरूबाट उडाएका रकेट बम ताराहरू ढाक्ने धुवाँमा ठोक्किएर कर्ण भेदी आवाज निकाल्दै तल जमिनतिर खस्दै थिए। यत्तिकैमा माथि आकाशबाट एउटा बल्दै गरेको प्यारासुट वरुणको छाप्रोको धुरीमा झर्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

11 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

11 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

12 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago