Categories: बाल कथा

“दोष”

मन्जु अर्याल

“बैनी कुरा गर्न मिल्छ?” फोनमा मेसेज आयो। चपलाले जबाफ नदिदै फोनमा घन्टी बज्यो। खाना खान बसेको परिवार तिर हेर्दै “मेरो माइतीको दाइ हो” भन्दै “हजुर दाइ नमस्कार! सबै जना सन्चै हुनु हुन्छ नि ?” शिष्टता देखाईन।
“मेरो छोरा त्यहाँ चार महिना अगाडि पढ्न आएको छ। लौन त्यसलाई जागिर लाईदिनु पर्यो।”
“ए हो! ठिक छ। कहाँ बस्छन ? कुन कलेजमा पढ्छन ? के नाम हो बाबुको, दाइ ?”
त्यो के भन्छन नि ? ए ए ल्याम्टन कलेज हो। ”
“पहिले कहाँ काम गर्थे?”
“ए त्यो एउटा चाइनिज रेस्टुरेन्टमा गर्दथ्यो। डाउन टाउन भन्ने ठाउँमा हो। मालिक सार्है हरामी रहेछ। अहिले जेनवरी देखि जागिर नै छैन हेरन। अब तिमीहरु त्यहाँ बसेको धेरै भयो। एउटा जागिर लगाई देउन है बैनी। म उसको फेसबुक फोटो र फोन नम्बर पढाई दिन्छु।” एक सासमा भने।
“कति पढेर आएको हो नि दाइ, बाबुले?” फेरि प्रश्न गरिन।
“बार सकाएर गएको। यहाँ एउटा केहि काम नगरेको। त्यहाँ त्यसलाई कलेज, पढाई, घरभाडा, खानु परो। अहिले काम नभएर।”
अनि किन पठाउनु भएको केहि गर्न नजान्ने छोरालाई भन्न मन थियो तर “ए हो दाइ, म कोशिस गर्छु। ” भनिन।
“मान्दै मानेन। गयो। यहाँ भाउजुले दिनरात पिर गरेर हैरान छ।”
दिउँसो साथीले “छोराछोरी विदेश जानु अगाडि कहाँ बस्छ? कुन कलेज ? कति खर्च लाग्छ ? कुनै कामको अनुभव नभएको छोराछोरीलाई पठाउनु अगाडि सोच्नु पर्दैन? यहाँ आएपछि चिन्ता गरेर हुन्छ? आफ्नै पढेलेखेका पत्रकार भन्ने दाइ त कुरा बुझदैन अरुको के कुरा भो।” भनेको सम्झिन ।
“बिचरा, उसको के दोष? दाइले नै सात समुन्द्र पारि पढ्न पठाउनु अगाडि सबै बुझ्नु पर्दैन ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

17 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

17 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago