Categories: बाल कथा

“नागरिक”

निर्मला बराल
भक्तपुर सानो ठिमी

महिना दिनदेखि शहरको एउटा अस्पतालको शैय्यामा लडेकी थिइन श्रवणकी आमा ।
आमाकाे उपचारमा अस्पतालले माेटाे रकम असुली सकेकाे थियाे। श्रवण साेच्दै थियाे , “अब खर्च कसरी जुटाउने?” सरकारले आम नागरिकलाई नदिएकाे नि:शुल्क स्वास्थ्य र शिक्षा सुविधाप्रति उसलाई ठूलाे गुनासाे थियाे। उसले आमाको आँखा हेर्याे। त्यसमा बाँच्ने तिर्सना देख्यो। बुवाको अनुहारमा उसले छट्पटी र निरीहता देख्यो। उसलाई भक्कानाे फुट्ला झैं भएर आयो। त्याे चाेट खप्न नसकेर ऊ बाहिरियो। नि:शुल्क स्वास्थ्य र शिक्षा, स्वदेशमै राेजगारीकाे व्यवस्था सुनिश्चित नगरेकाे बिरुद्ध बाहिर सडकमा सरकार बिरोधी चर्काे नारा लगाउँदै, एउटा आक्राेसित भीड मन्त्री निवासतर्फ अघि बढ्दै थियाे।
पीडा र आक्राेसले श्रवणलाईपनि ठेल्दै ठेल्दै आन्दाेलनकाे अग्रपंक्तिमा लग्याे। अनायास सरकारकाे गाेली चल्याे। भीड तितरवितर भयाे। छातिमा गाेली लागेकाे श्रवण भुइँमा लडेकाे थियाे। सास जानुअघि उसकाे मुखबाट अन्तिम वाक्य निस्कियाे। “….सरकार,. ..सहिदकाे सुविधा चाहिँँदैन,…आम नागरिकलाई….सुविधा देऊ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

15 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

16 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago