Categories: कविता

“धर्म”

गणेश आत्रेय
मदनपोखरा,पाल्पा

धर्मको नाममा।
अन्धविश्वासमा॥
आपसी द्वन्द्वमा।
लड्नु के व्यर्थमा!

मानवी सभ्यता।
धर्मको भव्यता॥
विश्व कल्याणको।
चाह हो सत्य ता॥

चित्तको दुष्टता।
सोँचको नीचता॥
फाल्न ईर्ष्या इबी।
नास्न हो धर्म ता॥

ईशको कल्पना।
धर्मको सिर्जना॥
जीव कल्याणको।
मात्र हो चाहना॥

राम हुन् कृष्ण हुन्।
बुद्ध अल्लाह हुन्॥
येशु वा जो कुनै।
देवता अन्य हुन्॥

दु:ख सङ्कष्टका।
पीर बाधा व्यथा॥
भुल्नका निम्ति हुन्।
पुज्नका निम्ति हुन्॥

दुष्ट दुर्भावना।
व्यर्थका तिर्सना॥
मेट्नका निम्ति हुन्।
ईशको सिर्जना॥

हैन यो भ्रान्तिको।
निम्ति वा क्रान्तिको॥
युद्ध हिंसा थपी।
मास्न त्यो शान्तिको॥

जोसुकै धर्मको।
ईश सम्मान्य हुन्॥
सौख्य संवृद्धिको।
निम्ति संपुज्य हुन्॥

ईशको नाममा।
व्यर्थ दुर्भावना॥
ईख ईर्ष्या भुली।
लौ गरौँ साधना॥

ईश बस्छन् कहाँ?
जीवका चित्तमा।
चित्त नै अर्पनू।
नित्य त्यो ईशमा॥

धर्मको नाममा।
लड्नु के व्यर्थमा॥
शान्ति सौहार्दता।
खोजियोस् ईशमा॥

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago