Categories: बाल कथा

अभिन्न


बिन्दु पौडेल वस्ती
भरतपुर -२, चितवन

गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी गाउने, केटाकेटी लुकीमारी र बागचाल खेल्ने, वृद्धाहरू दिनमा भेला भएर भलाकुसारी गर्ने, व्यक्तिको उमेर र समूह अनुसार चौतारो एउटा रङ्गमञ्च जस्तै थियोे ।
यसै क्रममा दुईटा बालकहरू खेल्दै थिए । खेलकै क्रममा झेल गरेको भनी उनीहरू बीच विवाद भयो। विवाद चर्किँदै गग्यो । एउटाले भन्यो, म मेरो भगवान्लाई भन्दिन्छु । मेरो पनि भगवान् नभएको हो र ? मेरो भगवान् त तेरो भगवान् भन्दा पनि ठुलो हो झन्।”
अर्कोले भन्यो, “होइन मेरो भगवान् ठूलो ।”
दुवै भनाभनमा मात्रै सीमित रहेनन्; हात हालहालको स्थिति देखा पर्यो ।
छेउमै बसेका बृद्धले ती दुई बालकका सबै कुरा सुन्दै र हेर्दै थिए । उनले मुस्कुराउँदै दुईटैलाई बोलाए अनि एउटालाई तामाको गाग्री दिए भने अर्कोलाई माटाको घैँटो दिए।
कुवा नजिकै लगे र पानी लिएर आउन आग्रह गरे ।
दुवैले त्यहाँ गएर पानी पनि ल्याए ।
“ल, अब त्यसो भए मलाई एउटा कुर भन त । कुन भाँडाको पानी मिठो छ ?” उनले भने ।
दुबैको उत्तर एउटै थियो- “पानी त एउटै कुवाको हो नि; भाँडो मात्रै त फरक हो नि ।”
बृद्धको हृदय खुसीले गदगद भयो। मानिसको आस्था पनि यस्तै त हो नि । नाम, भाषा, पूजा र प्रार्थना गर्ने तरिका मात्रै अलग अलग हो तर सबैले खोजेको कुरो एउटै हो। जुन अभिन्न हुनुको साथै शान्ति, प्रेम, सद्भाव र एकताको कामना गर्दछ ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 hours ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

2 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

2 days ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

2 days ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

3 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

3 days ago