तुलसी पण्डित
धुम्रपान स्वास्थको लागि हानिकारक छ ।”
“हेर हामीले कहिल्यै पनि चुरोट सुर्ती खैनी पुकार खानु हुँदैन । यसले क्यान्सर रोग लाग्छ । दम बढ्छ । पाचन शक्ति ह्रास हुन्छ ।” सबै अचम्मित भए।
“कसरी सर ?” हेर चुरोटको सेवनले फोक्सो सबै कालो हुन्छ । जसका कारण फोक्सोले हावामा रहेका खराव तत्व छान्न सक्दैन । जसले गर्दा हामीलाई आवस्यक पर्ने अक्सिजनको अभाव हुन गइ दम बढ्दै जान्छ र त्यसले हाम्रो मृत्यु पनि हुन सक्छ ।” “यसलाई कसरी प्रमाणित गर्ने सर?”
“ल हेर म प्रयोग गरेर देखाउछु तिमीहरूलाई । ”
सरले देखाएको प्रयोगले सबै विद्यार्थी आश्चर्य चकित भए। स्कूलबाट पढेर घरमा पुगेको छोरालाई बाबाले अह्राउँदै भन्नु भयो। “पख्नुहोस् बाबा म आज एउटा प्रयोग गर्छु।”
ऊ दौडदै भित्र गयो । एक सानो सिसा र केही कपास लिएर आयो।
उसले कपास पानीमा भिजायो र त्यसलाई सिसाको मुखको तल पर्ने गरि राख्यो।
“ल बाबा अब चुरोट सल्काएर त्यसको धुवाँ सिसा भित्र पर्ने गरि फ्याक्नुहोस् त।”
बाबाले चार पाँचपल्ट सम्म चुरोट तान्दै सिसामा फ्याँक्दै गर्नु भयो र आश्चर्य मान्दै भन्नु भयो।
“ल हेर अघि सम्म कपास कति सफा र सेतो थियो । अहिले त पूरै कालो भयो।”
छोराले बाबातिर फर्कदै भन्यो।
“अब विचार गर्नुहोस् बाबा तपाईँले खाने चुरोटको धुवाले तपाईँको फोक्सो कस्तो भएको होला । तपाईँलाई दम बढेको कारण पनि यही चुरोटको धुवाले हो । फोक्सो पूरै कालो भएपछि फोक्सोले अक्सिजन छान्न सक्दैन।”
“छोरा तिमीले आज मेरो आँखा खोली दियौ, आजबाट मैले धुम्रपान त्याग गरे।”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.