निर्मला देवी तिम्सिना कान्छी
पिरतीमा परेपछि भोगी भइन्छ ,
उसको मात्र तारिफ गर्ने ढोँगी भइन्छ।
तन, मन, धन सबै खर्च गरेपछि ,
सबै कुरा सकिएर जोगी भइन्छ।
खुसी मिल्छ मिलनमा तनाव बिछोडमा
बेकारमा मानसिक रोगी भइन्छ।
रण मैदान हुन्छ घर कुरा नमिलेमा,
मारपिट चल्दा अभियोगी भइन्छ।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…