Categories: कविता

धुरुधुरु रुन्छु म


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

बरु गाली गरेमा
चुप लागेर सुन्छु म
पिटाइ खान डर लाग्छ
धुरुधुरु रुन्छु म

माया गरी फकाउनू
कुरा बुझ्ने भा’को छु
घर जस्तै ठानेर
स्कुलमा आ’को छु

धेरै पढी उन्नतिको
शिखरलाई छुन्छु म
लौरो देखाई नतर्साउनू
धुरुधुरु रुन्छु म

सम्झाएर पढाए पो
कुरो बल्ल बुझिन्छ
गुरुमा र गुरुलाई
देउता जस्तै पुजिन्छ

हजुर झैँ बुझ्झकी
ज्ञानी मान्छे हुन्छु म
चर्को डाँको सुन्यो कि त
धुरुधुरु रुन्छु म ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

5 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

6 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

6 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago