Categories: विविध

मित्रको दुःख

प्रेरक प्रसंग
एक साँझ पति कार्यालयबाट घर फर्किए । घर पुग्नासाथ पत्नीले भनिन्– आज हजुरको बच्चैदेखिका साथी आउनुभएको थियो । उहाँलाई १० हजार रुपैयाँको तत्काल आवश्यकता परेको रहेछ । मैले हजुरको दराजबाट निकालेर उहाँलाई दिएँ । कतै लेख्नुपर्छ भने लेख्नुहोस् है !
पत्नीको कुरा सुनेर पति निकै दुःखी देखिए । उनका आँखा आँसुले भरिए । पतिको अवस्था देख्दा पत्नीले हडबडाउँदै प्रश्न गरिन्– किन, के भयो ? मैले केही गलत गरेँ कि ? उहाँकै सामु तपाईंसित पैसा दिऊँ कि नदिऊँ भनेर सोध्दा उहाँलाई नराम्रो लाग्न सक्थ्यो । फेरि उहाँ हजुरका बच्चैदेखिका मिल्ने साथी हुनुहुन्छ भन्ने मलाई राम्रै थाहा थियो । त्यसैले, मैले हजुरलाई नसोधी त्यति हिम्मत गरेँ । मैले कुनै गल्ती गरेँ भने मलाई माफ गर्नुहोस् ।
दुःखी स्वरमा पतिले भने– तिमीले मेरो साथीलाई पैसा दियौ भनेर म दुःखी भएको होइन । तिमीले एकदम ठिक काम गर्‍यौ । तिम्रो यो कर्तव्यपरायणताबाट म औधी खुसी छु । तर, मैले मेरो त्यति प्यारो मित्र यति ठुलो अभावमा बाँचिरहेको छ भन्ने पहिल्यै बुझ्न किन सकिनँ भन्ने सोचेर म दुःखी भएको हुँ । मैले यति लामो समयसम्म उसको हालखबरसम्म सोधिनँ । ऊ संकटमा हुन सक्छ भन्नेतिर मेरो ध्यान नै गएन । म कति स्वार्थी रहेछु । मैले साथीको समस्या बुझ्न सकिनँ ।
जुन मित्रतामा लेनदेनको गणित हुन्छ, त्यो केवल नाम मात्रको मित्रता हुन्छ । त्यसमा अपनत्व हुँदैन । मित्रता ढोकाको त्यस्तो शान्त घन्टी हो, जो बजे पनि नबजे पनि हामीले भित्रैबाट यसको आवाज सुन्न सक्नुपर्छ । तर, मैले त्यस्तो घन्टीको आवाज सुन्नै सकिनँ । म एक असल मित्र रहिनछु । यही सोचले मलाई दुःखी बनाइरहेको छ प्रिय ! तर, तिमीले जुन काम गर्‍यौ, त्यसले भने मलाई अपार खुसी दिएको छ ।

श्रोतःhttps://www.nayapatrikadaily.com

सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

4 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

4 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

5 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago