दुर्गा घिमिरे
रत्ननगर-१४,चितवन
आज हाम्रो पहिलो दिन नयाँ कक्षा सुरु
कोको होलान् साथीहरू कोको होलान् गुरु
हिजो मैले किताब किनेँ किने राम्रो झोला
गए साल जे भए नि यो साल राम्रो होला
दिन दिनै गृहकार्य अनि घरको गर्छु काम
परिवारको इज्जत राख्छु बढाउँछु नाम
मैले काम सकेपछि बहिनीलाई सिकाउँछु
नजानेको उनका कार्य राम्रोसँग लेखाउँछु
सर सहयोग आफन्तमा सानोलाई माया
मायाभित्र लुकेको छ स्मृतिको छाँया
पहिलो दिन राम्रो भयो हुन्छ सधैं राम्रो
सबैभन्दा प्यारो लाग्ने विद्यालय हाम्रो ।।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…