प्रतिज्ञा प्रतिज्ञा
“कता हिडेकी मनमाया ” बाटोमा रोक्दै उनले सोधिन्। “कहाँ हुनु र ? त्यहीँ तल राधाकोमा जान लागेकी” रक्षाले भनिन्।
“तिमीलाई एउटा कुरा थाहा छ रक्षा ” मनमायाले भनिन्।
“कस्तो कुरा” रक्षाले प्रश्न गरिन्।
“राधा खै को केटासँग लागेकि छ रे! आमाले छोरीलाई ठूलो मान्छे बनाउने हो भन्दै धाक लगाउथीन्
कुन दिन अर्काको नासो लिएर आउने हो थाहा छैन।”
रक्षाले उनको कुरामा खासै चासो दिइनन् र प्रसङ्गलाई मोड्दै भनिन्” के हो? चिटिक्क परेकी छौ त।”
“आज नयाँ बर्ष के पुरानो लगाउनु भनेर नयाँ कपडा किनेको नि फेरि समय अनुसार चल्नै पर्यो होइन र ?”
मनमायाले भनिन्।
“तर तिमीसँग अझै पुरानो चिज छ” रक्षाले भनिन्।
” कुन? ” मनमायाले भनिन्।
रक्षाले भनिन् ,”कुन हुनु र ? अरूको चियो गर्ने बानी।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…