Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
नयाँ जनेरेसन् | सारथि बाल पत्रिका
Categories: बाल कथा

नयाँ जनेरेसन्


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“हेमा यहाँ आउ त नानी।”-लताले आफ्नी छोरीलाई बोलाइन्। ” किन आमा म होमवर्क गर्दै छु। एकछिन पछि आउँछु है।-हेमाले आमालाई भनी। एकछिन उसको बाटो कुरेर बसिन् ऊ आइन लता आफैँ उसको रूममा पुगिन्। ऊ मोबाइलमा च्याट गर्दै थिई कसैसँग। ” यही हो तैँले गृहकार्य गरेको ?”- लत्ताले प्रश्न गरिन्। “मम्मी हजुरलाई थाहाछैन ? अचेल मोबाइल हेरेर लेख्ने काम हुन्छ त्यही खोज्दै थिएँ।” हेमाले भनी । उसको सफाइले उनी सन्तुष्ट भइनन् र भनिन्।  “छोरी तैँले कसैसँग मेसेञ्जरमा कुरा गरिरहेको देखिन मैले ?”-लताले अलिक चर्को बलीमा प्रतिप्रश्न गरिन। ओहो! मामा हजुर पनि भन्दै त छु नि होमव़र्क गर्न मैबाइलमा खोंज्दै थिएँ, नभेटाएपछि साथीलाई सोधेको हो।”-उसले सफाइ दिँदै भनी। “यो मोबाइलमा हेर त ग्यासवाला भाइको नम्वर होला भान्सामा ग्यास सिद्दीएको छ।”- लत्ताले प्रसङ्ग बदल्दै मोबाइल हेमाको हातमा थमाइन्। “आमा खाना पाक्यो ?”- उसले नम्वर खोज्दै भनी। ” तँ कस्ति केटी होस् ? भन्दै छु खाना पकाउने ग्यास सिद्दीयो भनेर। तँलाई कतिबेरबाट बोलाएँ मैले नम्वर नभेटाएर ! अहिले भन्छेस् खाना पाक्यो?”- लता अँध्यारो अनुहार लगाउँदै भनिन्, “लिनु फोन “-हेमाले लतालाई फोन थमाउँदै भनी। “फोन नम्वर खोज भनेर दिएको तँलाई।” “हेलो म ग्यसवाला हो !”-उताबाट ग्यसवाला बोलिरहेको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

दशैँ

लक्ष्मीप्रसाद पौडेल धनगढी, कैलाली बाले बोकालाई रातो टीका लगाए । घाँटीमा रातो धजा बाँधे ।…

2 weeks ago

विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षण अब राज्यको जिम्मामा

विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…

2 weeks ago

लघुकथा

जानकी कर्माचार्य ललितपुर,हरिसिद्धि "हजुरबुबा ! हजुर किन सधैँ यो अनलाइनमा कति बस्नु हुन्छ?" अनलाइन कार्यक्रम…

2 weeks ago

“हामी र हाम्रा नदी”

कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…

3 weeks ago

अन्धभक्त

केशव नेपाल ‘नील’ बलेफी - ८, लामोसाँघु, सिन्धुपाल्चोक “होनित ! यो मोबाइल भन्ने चिजले आफ्ना…

3 weeks ago

मुकुण्डो

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया "गलामा माला, शिरमा टोपी।" सुकमान ‘आदर्श पुरुष’ को प्रमाणपत्र बोकेर घर…

3 weeks ago